Pancha Vismrit's Cultivation of Words
पञ्च विस्मृतको शब्दखेती
पञ्च विस्मृत
Since 26th of May 2008
मरूभुमि छेउ कतैः प्रेमापराध
छिमेकी भएर देश छिचोल्दै
समुद्र छिचोल्दै
जिन्दगीको रङ्ग खोज्दै आएँ
र जब तिम्रो समीपमा सुस्ताएँ
झुकिरह्यो मेरो शीर
नैतिकताले उच्च सगरमाथाको शीर
यदि आडम्वर हैन भने त्यो तिम्रो हो
नैतिकता–व्रताको त्यो पहिचान तिम्रो हो
र त डराइरहें अक्सर म
कदम कदममा म
बाटो छलेर हिडें
बाटो झुक्याएर हिडें
तर्किएर, फर्किएर हिडें
मानौं कि म निरपराध अपराधी हूँ
मानौं कि म साँच्चै अघोषित अपराधी हूँ
रङ्गहीन लाग्यो कताकता जहाँ तिमी छौ
रसहीन लाग्यो जताजता तिमी हुन्छौ
कहाँ छन् लवपार्क
अथवा लवपार्क हेर्ने सिनेमा
कहाँ हुन्छन् प्रेमका कुरा
यौवनका कुरा
बरू सर्बाङ्ग ढाकेर कालो सुरक्षाले
सर्बाङ्ग ढाकेर सामाजिक काँढे तारले
वुधवार २३, भदौ २०६७ ८ सेप्टेम्वर २०११, साउदी अरेबिया
यस साइटमा यहाँहरू मेरा नेपाली र अङ्ग्रेजी सिर्जनाहरू पढ्न सक्नुहुनेछ ।
You can read my creations both in English and Nepali on this site: www.poetrypoem.com/panchavismrit
I speak my mind
I speak my heart, my soul
Here I am to be read...
You are welcome to my world!
Don't forget to give feedbacks. And also don't forget to join me on Facebook and Twitter.
Thank you for visiting.
रचनाहरू पढेपछि प्रतिक्रिया जनाउन नभुल्नु होला । यदि इच्छुक हुनुहुन्छ भने यहाँहरू फेसबुक र ट्वीटरमा साथी बन्न सक्नुहुनेछ ।
यो साइट खोल्नुभएकोमा धन्यवाद ।
By the way,
Please do not hesitate to contact me If you like your poems to be translated into English or Nepali. Your translated poems will be
published on this site.
यहाँहरू यदि आफ्ना कविता अङ्ग्रेजी वा नेपालीमा अनुवाद गराउन चाहनुहुन्छ भने मसँग सम्पर्क गर्न नहिच्किचाउनुहोला । यो एक यहाँका अनुदित रचना
यसै साइटमा प्रकाशित हुनेछन् ।